काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर बालेनले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर  बालेनले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ — काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर वालेन्द्र(बालेन) साह, उपमेयर सुनिता डंगोल र वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मेयर साहले नेपाली र नेपाल भाषामा शपथ ग्रहण गरेका थिए ।

राष्ट्रियसभा गृहमा आयोजित समारोहमा साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ गराएका थिए । त्यसैगरी मेयर साहले उपमेयर, वडाध्यक्षहरु तथा सदस्यहरुलाई छुट्टाछुट्टै शपथ ग्रहण गराएका थिए ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावमा ३२ वर्षीय स्वतन्त्र उम्मेदवार साह काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । बिहीबार राति निर्वाचन कार्यालयले मत गणना सकेको थियो । कान्तिपुरबाट 

अन्य समाचारहरु