आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने, बार्नु नपर्ने

आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने, बार्नु नपर्ने

कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

चन्द्रग्रहण आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । नेपाली समयअनुसार दिउँसो १:०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४:३२ बजेसम्म देखिने जनाइएको छ ।

एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एस्टाेनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । 

नेपालबाट विरलै छायाजस्तो भाग मात्र देखिने र नांगाे आँखाले त्यो पनि देख्न नसकिने उनको भनाइ छ । यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ । रासस

अन्य समाचारहरु