खनमा एमाले निकट रिटर्नी फेडेरेसन नेपाल मालारानी गाउँपालिकाको भेला सम्पन्न

खनमा  एमाले निकट रिटर्नी फेडेरेसन नेपाल मालारानी गाउँपालिकाको भेला सम्पन्न


हरि कुँवर | सिद्धार्थ के.सी. | अर्घाखाँचीडट्कम संवाददाता 

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खनमा नेकपा (एमाले) निकट रिटर्नी फेडेरेसन नेपाल मालारानी गाउँपालिकाको भेला सम्पन्न भएको छ । 


खनमा आज रिटर्नी फेडेरेसन नेपाल मालारानी गाउँपालिकाको भेला सम्पन्न भएको हो । 


मालारानी गाउँपालिकाको भेलाले दामोदर भुसालको अध्यक्षतामा १७ सदस्यीय पालिका कमिटीको गठन गरेको छ। जसको उपाध्यक्षमा लिल बहादुर राज्कोटी सचिव सन्तोष खनाल कोषाध्यक्ष बिष्णु बहादुर महत सह- सचीव चिन्तामणी आचार्य सदस्य हरुमा शेषकान्त सुवेदी, रमेश के. सि. ,बिष्णु प्रसाद खनाल, गोबिन्द पोखरेल ,बसन्त चौहान,गिर बहादुर बि. सि. फम बहादुर पुन,गंग बहादुर पुन,दुर्ग बहादुर घर्तीमगर ,रेनु भुसाल खनाल ( महिला )  निम बहादुर थापामगर( जनजाति ) कृष्ण  बहादुर बि. क. दलित रहेको छ।


नेकपा एमाले केन्द्रिय कमिटी सद्स्य, जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अथिती चन्द्र खड्का उज्जलले नेपाली राजनीतीक,सामाजिक,आर्थिक समृधि ल्याउन युवाहरूले महत्त्वपूर्ण भुमिका खेलेको बताए । जनताको मुहारको मुस्कान युवाहरु नै मिलेर जोगाउन सक्ने स्पष्ट पारे । 

मालारानी गाउँपालिका अध्यक्ष बाल कृष्ण आचार्य, जिल्ला कमिटी सद्स्य तिलक मिश्र, आर एफ एन सह कोसाधक्ष्य बसन्त केसी, रिटर्नी फेडेरसन नेपालका केन्द्रिय  सद्स्य रामु गैरे , मित्रमणी मिश्र, नारायण पन्थी र  लील बहादुर बिकको उपस्थितिमा सागर खड्काको स्वागत मनतव्य बलराम भुसाल को अध्यक्षता रहेको कार्यक्रम राजेन्द्र पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

वाइसीएल गोखुङ्गा इन्चार्ज युवाराज पन्थी , यम बहादुर घर्ती , गङ्गा बहादुर पुन, बल बहादुर परियार  नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

अन्य समाचारहरु