अर्घाखाँचीमा उम्मेदवारी मनोनयनका क्रममा व्यापक आचारसंहिता उल्लंघन

अर्घाखाँचीमा उम्मेदवारी मनोनयनका क्रममा व्यापक आचारसंहिता उल्लंघन

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले मनोनयनपत्र दर्ताका क्रममा आचारसंहिताको व्यापक उल्लंघन भएको देखिएको छ ।  


एमाले, ५ दलिय गठबन्धन राजनीतिक दलले आचारसंहिता प्रतिकुल हुने गरी उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका हुन्।


जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार सवारी साधनमा झण्डा राख्न, बाजागाजा, जिङ्गल बजाउन पाइँदैन। तर, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, जसपा, नेकपा (एस) सहितको गठबन्धन, नेकपा एमाले आचारसंहिताको  धज्जी उडाउँदै बाजागाजासहित, गाडी र मोटरसाइकलको लावालस्कर लगाएर मनोनयन दर्ता गर्न गएका छन्। उनीहरुले प्रत्येक गाडी तथा मोटरसाइकलमा झण्डा राखेका छन्।


ठूला दलका उम्मेदवारहरु बाजागाजासहित दलको पक्षमा नारा लगाएर निर्वाचन कार्यालयमा जाँदा पनि निर्वाचन कार्यालय भने मौन छ। ठूला राजनीतिक दलले यहाँ ६ वटै स्थानीय तहमा मनोनयन दर्ता गर्न जाँदा शक्ति प्रदर्शन गरेका छन्।


पञ्चेबाजासहित नाच्दै गाउँदै दलहरू मनोनयन दर्ता गर्न पुगेका थिए। जिल्लाभर मनोनयन दर्ता गर्दा दलहरूले शक्ति प्रदर्शन गरेका थिए । 

अर्घाखाँचीमा उम्मेदवारी मनोनयनका क्रममा व्यापक आचारसंहिता उल्लंघन

अन्य समाचारहरु