छत्रदेव गाउँपालिकाको राहत कोषमा कांग्रेस निकट महिला संघ छत्रदेवद्वारा २२,१७० रुपैयाँ सहयोग (तस्बिर सहित)

छत्रदेव गाउँपालिकाको राहत कोषमा कांग्रेस निकट महिला संघ छत्रदेवद्वारा २२,१७० रुपैयाँ सहयोग (तस्बिर सहित)

सुर्य भुसाल 

छत्रगन्ज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको प्रकोप व्यवस्थापन राहत कोषको खातामा नेपाली कांग्रेस निकट नेपाल महिला संघ छत्रदेवले २२ हजार १ सय ७० रुपैयाँ सहयोग गरेको छ । 


छत्रदेव गाउँपालिकाको प्रकोप व्यवस्थापन राहत कोषको खातामा नेपाली कांग्रेस निकट नेपाल महिला संघ छत्रदेवले एकमुष्ट रू. २२,१७०/- (अक्षरूपी बाइस हजार एक सय सत्तरी) रुपैयाँ सहयोग हस्तान्तरण सहयोग गरेको हो । 


गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी दिए अनुसार महिला संघका पालिका अध्यक्ष राधा पाण्डे, सचिव भानु पौडेल, वार्ड नं. ५ का महिला संघ अध्यक्ष पवित्रा आचार्य, वार्ड नं. २ का महिला संघ अध्यक्ष सावित्रा पौडेल, महिला तथा बालबालिका विभाग अर्घाखाँचीका सदस्य सुजाता खत्री लगायत महिला नेतृहरुको टोलीले गाउँपालिकामा पुगेर अध्यक्ष लेखनाथ पोख्रेल उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ सामाजिक बिकास समितिका संयोजक कमल पौडेल लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको थियोे ।


रकम हस्तान्तरण गर्न पुगेका महिला नेतृहरुलाई गाउँपालिकाको तर्फबाट अध्यक्ष लेखनाथ पोख्रेलले सहयोगका निम्ति धन्यवाद दिनु भएको प्रशासकिय अधिकृत भुसालले जानकारी दिनु भयो ।

अन्य समाचारहरु