बाँगीमा एमालेको साविक ४ नम्बर टोल कमिटीको प्रथम अधिवेशन सम्पन्न

बाँगीमा एमालेको साविक ४ नम्बर टोल कमिटीको प्रथम अधिवेशन सम्पन्न

सिद्धार्थ सागर के.सी.
बिस्नु चाैहान

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी-५ बाँगी नेकपा(एमाले) ४ नम्बर टोल कमिटीको प्रथम अधिवेशन शिव बहादुर बि कको नेतृत्वमा २३ सदस्यीय कमिटी गठन गर्दै सम्पन्न भएको छ।


भेला नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यता ,जिल्ला कमिटी सदस्य एवं पालिका कमिटी सह इन्चार्ज मुनाल खड्का को बिशिस्ट आथित्यता,पालिका कमिटी सचिवालय सदस्य एवं ५ न. वडा इन्चार्ज हुम बहादुर महत,५ न. वडा कमिटी अध्यक्ष के आर बस्नेत, पालिका कमिटी सदस्य सीता बिक,सागर खड्का,निम बहदुर महत,जिल्ला प्रतिनिधि परिषद सदस्यद्वय सिद्वार्थ के.सि,सहयोगी बिसि अनेरास्ववियु जिल्ला सचिवालय सदस्य बिष्णु चौहान लगायतको आतिथ्यता रहेको थियो। भेलाले शिव बहादुर बिकको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा गोमा भुसाल,सचिवमा N.P पन्थि ,उपसचिवमा बाबुराम भुसाल र सुरज बिक लगायत रहनुभएको छ। 


साथै विभिन्न पार्टी परित्याग गरि पोमनारायण भुसाल,चुरामणी भुसाल,पबित्रा बि क लगायत दर्जन बढी ब्यक्ति परिवारसहित एमाले प्रवेश गरेका छन। कार्यक्रममा मन्तव्य राख्दै खड्काले आगामी चुनावमा केन्द्रित हुन सम्पुर्ण कार्यकर्तालाइ आव्हान गर्नु भएको छ। कार्यक्रम बालकृष्ण भुसालको अध्यक्षता तथा लक्ष्मण भुसालको संचालनमा सम्पन्न भएको हो।

अन्य समाचारहरु