सन्धिखर्कका युवाहरुद्वारा अर्घाखाँचीमा अनिवार्य मास्क र पन्जा लगाउनु पर्ने, सिमानाकामा कडाई गर्न माग राखे

सन्धिखर्कका युवाहरुद्वारा अर्घाखाँचीमा अनिवार्य मास्क र पन्जा लगाउनु पर्ने,  सिमानाकामा कडाई गर्न माग राखे


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका सदरमुकाम सन्धिखर्कका युवाहरुले अनिवार्य मास्क र पन्जा लगाउनु पर्ने, लुकिछिपि आउनेहरुलाई निगरानी एवं सिमानाकामा कडाई गर्ने लगायतका माग राखेका छन् ।


कोरोना भाईरसबाट अर्घाखाँचीवासीहरुलाई सुरक्षित गर्ने विषयमा सुरक्षा निकायलाई आवस्यकीय सहयोग गर्ने प्ररण सहित व्यापारीहरुले अनिवार्य मास्क र पन्जा लगाउनु पर्ने, लुकिछिपि आउनेहरुलाई निगरानी एवं सिमानाकामा कडाई गर्ने लगायतका विषयमा केन्द्रित भई प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई ध्यानआर्कषण गराएका हुन् । 


समाजसेवी तथा धार्मिक व्यक्तित्व नारायण प्रसाद खनालको नेतृत्वमा विभिन्न पेशा र व्यवसायमा आबद्ध सदरमुकामका युवाहरुको तर्फवाट प्रमुख जिल्ला अधिकारीलाई ध्यानआर्कषण गराएका थिए । 

अन्य समाचारहरु