स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गरिने

स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गरिने

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सञ्चासञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको कुरा म यहाँहरु मार्फत् सम्पूर्ण देशबासीमा, दाजुभाई, दिदीबहिनीहरुमा अवगत गराउन चाहान्छु र अरु आज बसेको मन्त्रिपरिषद्का महत्वपूर्ण जो निर्णयहरु छन्, ति निर्णयहरु नियमित रुपले सञ्चार मन्त्रालयमा भोली म यहाँहरु मार्फत् सबैमा सुसुचित गर्ने व्यहोरापनि जानकारी गराउन चाहान्छु ।’

निर्वाचन आयोगले केही समयअघि दिएको परामर्शअनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो । इमेज च्यानलमा समाचार छ । 

अन्य समाचारहरु