पाणिनी गाउँपालिकामा स्वास्थ संस्थाको वार्षिक प्रगती समिक्षा गोष्टी सम्म्पन्न (तस्बिरहरु)

पाणिनी गाउँपालिकामा स्वास्थ संस्थाको वार्षिक प्रगती समिक्षा गोष्टी सम्म्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा स्वास्थ संस्थाबाट बर्ष भरी सम्पादन भएका कामहरुको वार्षिक प्रगती समिक्षा गोष्टी सम्म्पन्न भएको छ । 


पाणिनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा  गाउँपालिकाको शभा हलमा आ ब २०७७/७८मा  स्वास्थ्य शाखा तथा स्वास्थ संस्थाबाट बर्ष भरी सम्पादन भएका कामहरुको वार्षिक प्रगती समिक्षा गोष्टी मंगलवार सम्म्पन्न भएको हो । 


समिक्षामा ८ स्वास्थ चौकी १ सामुदायिक स्वास्थ इकाइ १ कोभिड अस्पताल १ आयुर्वेद औसधालय, २  स्वास्थ्य क्षेत्र मा काम गर्दै आइरहेका गैर सरकारी सस्था आइपास र लुम्बिनी सामाजिक बिकास केन्द्र समेतका प्रमुख  तथा प्रतिनिधिबाट  आ-आफ्नो सस्थाको प्रगती प्रतिबेदन प्रस्तुत भएका थिए ।  


प्रतिबेदन उप्पर  घनिभुत छलफल पछि आगामी दिनहरुको लागी मार्ग दर्सन हुनेगरी कार्ययोजना निर्माण समेत गरिएको छ । 


कार्यक्रममा संस्था प्रमुखहरु, अतिथिको रुपमा सहभागी वार्ड अध्यक्ष, उपाध्यक्षहरु, पालिका अन्तर्गतका शाखा  प्रमुखहरू लगायतको सहभागी रहेको थियो । 

अन्य समाचारहरु