लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालको पहिलो क्याबिनेट बैठक भव्य रुपमा सफल हुन्छ

लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालको पहिलो क्याबिनेट बैठक भव्य रुपमा सफल हुन्छ



tvs

-कृष्ण परीयार


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याबिनेट बैठक तथा पदस्थापन कार्यक्रम रुपन्देहीमा हुँदैछ ।

 यसै सन्दर्भमा  लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५  पी का संस्थापक गभर्नर नवराज न्यौपानेसँग पत्रकार कृष्ण परीयारले गरेको कुराकानीको   सम्पादित अशं :-

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याबिनेट पदस्थापन कार्यक्रमबारे जानकारी गराइदिनुस् न ? 

गभर्नर - लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याबिनेट बैठक तथा पदस्थापन साउन २० गते शुक्रबार रुपन्देहीको तिलोत्तमा, मणिग्रामस्थित ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा हुँदैछ । कार्यक्रममा डिष्ट्रिक क्याबिनेट अफिसरहरुलाई सपथग्रहण गराइनेछ ।

कार्यक्रममा लायन्स क्लबहरुका अध्यक्ष, सदस्य, डिष्ट्रिक अफिसर लगायत गरी १ हजार ३ सय जनाको सहभागीता हुनेछ । पदस्थापन कार्यक्रम इन्टरनेशनल डाइरेक्टर तथा पदस्थापन अधिकृत श्रीलंका निवासी महेश पास्कवालको प्रमुख आतिथ्यतामा हुनेछ । सबैको साथ र सहयोगले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालको पहिलो क्याबिनेट बैठक भव्य रुपमा सफल हुन्छ ।


कार्यक्रमको तयारी पूरा भइसक्यो ?

गभर्नर - तयारी अन्तिम चरणमा छ । शुक्रबार बिहान ९ बजे उद्घाटन गर्ने तयारीमा छौं । कार्यक्रम बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चनेछ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी अन्तर्गत कतिवटा क्लब छन् ?

गभर्नर -  लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी अन्तर्गत काठमाडौं, नवलपरासी, रुपन्देही, पाल्पा र कपिलवस्तु थरी १३७ वटा क्लब रहेका छन् । त्यस्तै नेपालभरी करिब २ हजार २ सय लायन्स क्लब छन् ।

tvs

लायन्सले कुन कुन क्षेत्रमा काम गर्छ ?

 गभर्नर -  लायन्स क्लबले वातावरण, क्यान्सर, भोकमरीको न्यूनीकरण, दृष्टि, मधुमेह लगायतको क्षेत्रमा काम गर्छ । समाजलाई केही दिन सकिन्छ भन्ने उद्देश्यले हामी लायन्समा लागेका छौं । मन धनी भए समाजमा अवश्य नै काम गर्न सकिन्छ । लायन्स क्लब २०४ बढी देशमा रहेको छ । नेपालमा पनि लायन्सले ५० वर्षको इतिहास पूरा गरिसकेको छ ।







अन्य समाचारहरु