हंसपुरको बामरूक खानीबासमा पहिलो पटक जीप पुगेपछि स्थानियबासीहरु खुशी भए

हंसपुरको बामरूक खानीबासमा पहिलो पटक जीप पुगेपछि स्थानियबासीहरु खुशी भए

अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ७ हंसपुरको बामरूक खानीबासमा पहिलो पटक जीप पुगेपछि स्थानियबासीहरु खुशी भएका छन् । 


हंसपुरको बामरूक खानीबासमा देउराली यातायात समितिको जीप  हिजाे पहिलो पटक पुगेपछि खानीबास, जिम्माटाेलाका स्थानियबासीहरु खुशी भएका हुन् । पहिलो पटक जीप पुगेपछि  फूलमाला,  अविर लगाएर   स्वागत गरेका थिए । 

अब यहाँ सन्धिखर्कबाट हरेक दिन दिउँसो  ३ बजेर ४५ मिनेटमा  गाडी  छुटने छ । यस्तै खानीबासबाट सन्धिखर्कका लागि  बिहान ६  बजे छुटने छ । 


अन्य समाचारहरु