अर्घाखाँचीबाट पाल्पा हुँदै बुटवल जाने सडक पन्ध्र दिनको लागि बन्द

अर्घाखाँचीबाट पाल्पा हुँदै बुटवल जाने सडक पन्ध्र दिनको लागि बन्द


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट पाल्पा हुँदै बुटवल जाने सडक आवतजावत बन्द भएको छ ।


अर्घाखाँचीबाट पाल्पा हुँदै बुटवल जाने सडक आवतजावतमा आज बुधवारदेखि पन्ध्र दिनको लागि बन्द भएको हो । 

जोर्तेको भिर आसपासको क्षेत्रमा बाटो फराकिलो बनाउन लागिएकाले सडक आगामी मंसिर २२ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राती ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने छ ।

अर्घाखाँची बाहेक गुल्मी, बागलुङका यात्रुहरु पनि उक्त सडक प्रयोग गर्दै आएका छन् । 

अन्य समाचारहरु