मालारानी गाउँपालिकाका सबै ९ वार्डहरुमा एमालेका वार्ड कमिटी बैठक सम्पन्न

 मालारानी गाउँपालिकाका सबै ९ वार्डहरुमा एमालेका वार्ड कमिटी  बैठक सम्पन्न


सिद्धार्थ सागर के.सी. 

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा (एमाले) मालारानी गाउँपालिका अन्तर्गत वार्ड नं. १ देखि ९ का वार्ड कमिटीका बैठक सम्पन्न भएका छन् । 


आगामी स्थानीय तहको निर्वाचन लाई ध्यानमा राखी एकैपटक गरिएका ती बैठकहरुमा जिल्ला कमिटी सदस्यहरु,पालिका इन्चार्ज सह- इन्चार्जहरु पालिका कमिटीका पदाधिकारी सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको  कमिटीका अध्यक्ष हरुले जानाकारी दिएका छन् । 

यसै सिलसिलामा मालारानी ५ बाँगीको बैठक पनि विभिन्न महत्त्वपूर्ण  निर्णयहरु सहित सम्पन्न भएको छ।

बैठकले आगामी फाल्गुन २२ गते हुने पालिका स्तरका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वडा नं. ५ बाट कम्तीमा २०० जनालाई  सहभागी गराउने ,फाल्गुन मसान्तसम्म साबिक वडाहरुको टोल कमिटी गठन,घरदैलो कार्यक्रम सदस्यता नवीकरण र पार्टी कार्यालय स्थापना सम्बन्धि निर्णय गरेको छ।


  वडा कमिटी अध्यक्ष के.बी. बस्नेतको अध्यक्षता सचिब बिष्णु प्रसाद पंथिको संचालनमा सुरु भएको बैठकमा टोल कमिटीमा पार्टीको अबस्था,पार्टी गतिविधि ,बिकास निर्माण जनताको अपेक्षा लगायतका बिषयमा रिपोर्टिङ गरिएको थियो।

साथै यहि फाल्गुन १८ गते  मालारानी कमिटीको बैठकले गरेका निर्णय बारेमा सचिवालय सदस्य हुम बहादुर महत तथा फाल्गुन ९ गते सम्पन्न भएको जिल्ला कमिटीको प्रथम बैठकबाट गरिएका निर्णयहरुको बारेमा जानाकारी तथा पार्टीले आगामी दिनमा गर्नुपर्ने योजनाका बिषयमा पार्टी जिल्ला कमिटी सदस्य तथा पालिका सह- इन्चार्ज मुनाल खड्काले निर्देशनात्मक  मन्तब्य व्यक्त दिनु भएको थियो।
 
  बैठकमा जिल्ला प्रतिनिधि परिषद सदस्य राजेन्द्र पंथी,सिद्वार्थ सागर के. सी. समेतको उपस्थिति रहेको थियो।

अन्य समाचारहरु