पाणिनी गाउँपालीकाकोे कांग्रेस सभापतिमा तुल्सिराम पौडेल सर्वसम्मत निर्वाचित

पाणिनी गाउँपालीकाकोे कांग्रेस सभापतिमा तुल्सिराम पौडेल सर्वसम्मत निर्वाचित


अर्घाखाँचीडट्कम संवाददाता 

दुर्गाफाँट,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालीकाकोे नेपाली कांग्रेस सभापतिमा तुल्सिराम पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।  पाणिनी ०३ दुर्गाफाँटमा भएको अधिवेशनबाट अड्गुरीका पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।


यस्तै उपसभापतिमा पाणनी ०५ मैदानका प्रेमनारायण भट्टराई, पाणिनी ०६ धातिवाङका खगेश्वर पौडेल, सचिवमा पाणिनी ०२ पोखराथोकका प्रमोद गौतम, पाणिनी ०५ मैदानका दिपक बेल्बासे , सहसचिवमा पाणिनप् ०३ खिदीमका देविप्रसाद भट्टराई, पाणिनी०४ पटौटीका लिलापति घिमीरे र सदस्यहरुमा पाणिनी ०१ बाट रामप्रसाद पोख्रेल,लक्ष्मण पोख्रेल,राधा पोख्रेल, पाणिनी ०२ बाट बलबहादुर विक, धर्मराज गौतम, विष्णु विक, पाणिनी ०३ बाट ढुण्डिराज भट्टराई,सागर घिमीरे, गिता खनाल, पाणिनी ०४ बाट शिवलाल खनाल,दुर्गा अधिकारी, कल्पना गैरे , पाणिनी ०५ बाट रामप्रसाद घिमीरे, पिताम्बर घिमीरे, मिना घिमीरे क्षेत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

अन्य समाचारहरु