डिभर्नामा एकीकृत समाजवादीको २३ सदस्यीय वार्ड कमिटी गठन, अध्यक्षमा दुर्गा आचार्य चयन

डिभर्नामा एकीकृत समाजवादीको २३ सदस्यीय वार्ड कमिटी गठन, अध्यक्षमा दुर्गा आचार्य चयन


अर्घाखाँचीडट्कम संवाददाता 

डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा नेकपा (एकीकृत समाजवादी) को संगठन बिस्तार अभियान अन्तरगत २३ सदस्यीय वार्ड कमिटी निर्माण गरिएको छ ।


डिभर्नामा एकीकृत समाजवादीको आज माघ १ गते शनिवार वार्ड कमिटी गठन गरिएको हो । जसको अध्यक्ष दुर्गा प्रसाद आचार्य , उपाध्यक्षमा कृष्ण बहादुर शाह र बिष्णु मुखिया, सचिवमा केशर कुवॅर, उप सचिवमा दामोदर पोखरेल सहितको २३ सदस्यीय वडा कमिटी गठन गरिएको उतम पोख्रेलले जानकारी दिनु भयो ।


भेलामा नेकपा (एस)का केन्द्रिय सदस्य पिताम्बर भुसाल, जिल्ला अध्यक्ष राम बहादुर चौहान, सचीव युबराज पौडेल, जिल्ला सदस्य पिताम्बर भुसाल, अनेरास्ववियुका प्रदेश कमिटी सहसचिब उतम पोख्रेल लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको थियो ।


भेलाले नेकपा (एकीकृत समाजवादी) संगठन विभिन्न योजनाहरु निर्माण गरेको नेताहरुले जानकारी दिएका छन् ।  

अन्य समाचारहरु