अर्घाखाँची राष्ट्रसेवक समाजको नयाँ वर्ष शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न (तस्बिरहरु)

अर्घाखाँची राष्ट्रसेवक समाजको नयाँ वर्ष शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न (तस्बिरहरु)

अर्घाखाँचीडट्कम संवाददाता

काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची राष्ट्रसेवक समाजको नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । 

अर्घाखाँची राष्ट्रसेवक समाजको आज मंगलवार नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको हो । 

संस्थाका अध्यक्ष तथा गृहसचिव टेकनारायण पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची स्थायी घर भइ  काठमाडाैमा रहेर बिभिन्न सेवामा आवद्ध ५० जनाको सहभागिता भएको थियो । 

सो अवसरमा बोल्दै अध्यक्ष पाण्डेले नेपालको कर्मचारी प्रशासन लगायत हरेक सेवाक्षेत्रमा अर्घाखाँचीका मानिसले राम्रो गर्छन भन्ने छाप पार्नुपर्छ र सोही अनुसार अगि बढ्न सबैलाइ सल्लाह दिदै शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा २०७९ सालको क्यालेन्डर बिमोचन गरिएको र शुभकामना आदानप्रदान गरिएको संस्थाका सदस्य सुशिल खनालले बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गृहसचिव टेकनारायण पाण्डे, त्रिविका प्राध्यापक डा मुकुन्द क्षेत्री गृहका सहसचिव डा भिष्म कुमार भुसाल, सहसचिव कल्पना श्रेष्ठ, बिशेष अदालतका अशोक क्षेत्री, अख्तियारका उपसचिव बिष्णुराज बेल्बासे लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु