रजियामा साविक वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

रजियामा साविक वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न


झनक केसी

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ रजियामा साविक ठाडाको वार्ड स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ।


जनजागृती युवा क्लबको  आयोजनामा प्रमुख अतिथी शितगङ्गा नगरपालिका नेकपा एमालेका  उपाध्यक्ष सन्जय राना,अध्यक्ष पशुपति बिष्ट अतिथी विभिन्न राजनिती दलका प्रतिनिधिहरुको आतिथ्यतामा भलिबल प्रतियोगिता सम्पन्न भएको बिष्ट्ले जानकारी दिए।

प्रतियोगितामा रजिया "बि" टिमले प्रथम स्थान हासिल गरेको छ भने रजिया "ए"ले द्वितीय स्थान हात पारेको छ तृतीय स्थान डोहोटेले हात पारेको छ। कार्यक्रममा प्रथम  पुरस्कार आठ हजार प्रमुख अतिथी सन्जय रानाले सौजन्य द्वितीय पुरस्कार पाच हजार राम प्रसाद बेल्बासेले सौजन्य र तृतीय पुरस्कार दुईहजार कृष्ण बहादुर बेल्बासेले सौजन्य गरेका थिए। 

प्रतियोगितामा ८ टिमको सहभागीता रहेको अध्यक्ष बिष्टले जानकारी दिए । 

अन्य समाचारहरु