धातिवाङमा श्यामलाल “कृषि तथा मौरिघार फर्म" मा लाखौको टमाटर उत्पादन, युवाहरु कृषिमा आकर्षित

धातिवाङमा श्यामलाल “कृषि तथा मौरिघार फर्म

डिआरजी सुमन

धातिवाॅङ्, अर्घाखाँची (अर्घाखाँचीडट्कम  /व्युरो रिपोर्ट) । विश्वभर फैलिएको कोरोना संक्रमणको अवस्थामा देश लकडाउन भईरहेको समयमा लाखौको रोज़गारों गुमेर वेरोजगार वनेको समाचार सर्वत्र सुनिन्छन् । यस्तै विश्वभर करोडौका कारोबार ठप्प भएता छन तर यसैविच अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड ६ धातिवाङ निवासी श्यामलाल पौडेलले आफ्नै गाँउमा प्लास्टिक टनेल वनाएर लाखौको टमाटर उत्पादन गरेर वुटवलमासमेत निर्यात गरी मनग्य आम्दानी गरेका छन भनेर सुन्दा अचम्मित हुन प्रदैन् ।


पाणिनी गाँउपालिका वार्ड ६ धातिवाङको वाढुङ्गामा उमेश फ़र्निचर संचालन गरेका पौडेललेलकडाउन को समयलाई सदुपयोग गर्दै धातिवाङको जिमिरेमा कृषिफर्म संचालन गरेका छन् । आफ्नैघरपरिवारकै सदस्यहरु संलग्न भएर फ़र्म संचालनमा ल्याएकै कारण कर्मचारिको अभाव नभएको फ़र्मसंचालक श्यामलाल पौडेलले आफुहरु यसैमा संतुष्ट रहेको वताउछन । आईएस्सी एजी अध्ययानगरिरहेका छोरा उमेश पौडेलले भन्छन हामी लकडाउन समय सदुपयोग गर्दै कृषिमा लागेर काम गरेकाछौ । म कृषिकै विद्यार्थी भएकै कारण आम्दानी सहित अनुभव पनि वढेको छ । यस्तै छिमेकिहरु पनियस कार्यवाट प्रभावित भई यस्तै काम गर्न आफुले पनि सुरु गरेको वताउछन् ।


पाणिनी गाँउ पालिका वाट पनि राम्रो साथ सपोर्ट मिलिरहेको वताउने पौडेलले आगामी दिनमा स्थानीयतथा प्रदेश सरकारले कृषि लक्षित कृषकको लागी छुट्टाईने वजेट वास्तविक कृषिउद्यमीको मूल्यांकनगरेर दिएमा पाणिनीलाई तरकारीमा आत्मनिर्भर मात्र वनाउने हैन पाणिनी गाँउ पालिका देखी वाहीरपनि प्रशस्त निर्यात गर्न सकिने कृषकको भनाई रहेको छ ।


तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्।

अन्य समाचारहरु