पाणिनी गाउँपालिकामा माओवादी केन्द्रकाे पालिका स्तरिय भेला तथा बैठक सम्पन्न (फोटो सहित)

पाणिनी गाउँपालिकामा माओवादी केन्द्रकाे पालिका स्तरिय   भेला तथा बैठक सम्पन्न (फोटो सहित)


सुनाैलाेप्रेस | अर्घाखाँचीडट्कम

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे पालिका कमिटीकाे बैठक जिल्ला पार्टी प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला संयाेजक ठाकुर कुमार वि.क (किशोर) प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।


प्रमुख अतिथि वि.क ले दार्चुलामा नेपाली माथि अपमान रुपमा भारतीय सुरक्षाकर्मिकाे ज्यादती प्रति भण्डाफाेर गर्ने बताउनु भएकाे थियाे । त्यस्तै उहाले पद र प्रतिष्ठाकाे लागि सिंगाे माओवादी आन्दोलनलाई नै तहसनहस पार्न खाेज्ने र शहिदहररुकाे सपनालाई वेवास्ता गर्न खाेज्नेहरुका अगाडि पार्टी थप मजबुत र एकताबद्ध बनाई अगाडि बढ्ने साथै भुल वहस र विविध प्रलाेभनमा पार्टीमा विचलन हुनु भएका तल्लाे तहका नेता तथा कार्यकर्ताहरुलाई छिट्टै नै पार्टिमा फर्किन आग्रह गर्दै काेभिड १९ वाट थप उच्च सतर्कता अपनाउनु पर्ने र वर्षातकाे समयमा भएका क्षतिकाे न्युनिकरणका लागि विभिन्न तहमा पहलकदमि लिने बताउनु भएकाे थियाे ।


बैठकमा विशिष्ट अतिथि तथा अन्य अतिथिहरुले गठबन्धनको सरकारले राम्रा राम्रा काम गरि जनताकाे मन जितेर आगामि चुनावमा पार्टिलाई उच्च स्थानमा पुराउने बताउनु भएकाे थियाे । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य धर्मराज भुसाल,जिल्ला किमिटि सदस्य जाकिर हुसेन,भेष वहादुर के.सि, विमला घिमिरे,कृष्ण सारु, पार्वता सुनार,अटल, बुद्धि अधिकारि लगायतका नेताहरुकाे विशेष उपस्थितिमा बैठक सम्पन्न भएकाे थियाे ।


बैठक पालिका कमिटी अध्यक्ष कमल घिमिरेकाे अध्यक्षता र कमरेड बाबुराम वि.क (सेवक) काे संचालनमा सम्पन्न भएकाे थियाे ।

अन्य समाचारहरु