पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारीहरुद्वारा सन्धिखर्क नगरपालिकाको राहत कोषमा रु. २३,२६० सहयोग

पाणिनी  बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारीहरुद्वारा सन्धिखर्क नगरपालिकाको राहत कोषमा रु. २३,२६० सहयोग

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको कोरोना राहत कोषमा पाणिनी  बहुमुखी क्याम्पस सन्धिखर्कका प्राध्यापक तथा कर्मचारीहरुले २३ हजार २ सय ६० रुपैया आर्थिक सहयोग रकम जम्मा गरेका छन् ।     


सदरमुकाम सन्धिखर्क नगरपालिकामा अवस्थित अर्घाखाँची जिल्लाकै शैक्षिक धरोहर पाणिनी  बहुमुखी क्याम्पस सन्धिखर्कका प्राध्यापक तथा कर्मचारीहरुद्धारा सन्धिखर्क नगरपालिकाका कोरोना राहत कोष (विपत व्यवस्थापन राहत कोष) मा २३ हजार २ सय ६० रुपैया रु. २३२६० आर्थिक सहयोग रकम जम्मा गरेका हुन् । 


यस्तै नेपाल पब्लिक क्याम्पस संघ केन्द्रिय कार्यालय कोरोना (COVID-19) राहत कोषमा र१० हजार रुपैया गरी जम्मा रु. ३३२६० मात्र महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको रोकथामका लागि सहयोग होस् भन्ने हेतुले सहयोग रकम उपलब्ध गराइएको छ ।

अन्य समाचारहरु