सिद्धारामा व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण

सिद्धारामा व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण

गणेश बेल्बासे संगम

सिद्धारा, अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ११ सिद्धाराले वडा भित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ ।


वडाले आइतबार एक कार्यक्रमको आयोजना गरी वडा भित्रका कृषक समूहलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रम अन्तरगत वडाभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ ट्याक्टर वितरण गरिएको वडा अध्यक्ष कपिल आलेले जानकारी दिनुभयो ।

वडाले सार्वजनिक सूचनामार्फत वडाका सबै कृषक समूहलाई निवेदनका लागि आह्वान गरी छनोटमा परेका १० वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको उहाँको भनाइ छ ।

कार्यक्रमअन्तर्गत नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु. ४ लाख विनियोजन गरेको थियो ।
 

अन्य समाचारहरु