वरीयता र प्रक्रिया मिची आईजीपी नियुक्त गरेर सरकारले विधिको शासनको खिल्ली उडायो - डा. शेखर

वरीयता र प्रक्रिया मिची  आईजीपी नियुक्त गरेर सरकारले   विधिको शासनको खिल्ली उडायो - डा.   शेखर
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रहरी संगठनलाई विवादमा ल्याएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले वरीयता मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको प्रक्रिया नै गलत भएको बताए । यो निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको उनले उल्लेख गरेका छन् ।

“वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ,” कोइरालाले लेखेका छन् ।

सरकारले आइतबार नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।


प्रहरीमा एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक आईजीपीको दौडमा थिए । सशस्त्रमा एआईजी अर्याल एकल दाबेदार थिए ।

अन्य समाचारहरु