पटौटीमा जनहित युवा संगठनद्धारा देउराली बजारमा माक्स वितरण (भिडियो, फोटो सहित)

पटौटीमा जनहित युवा संगठनद्धारा देउराली बजारमा माक्स वितरण (भिडियो, फोटो सहित)

सुधन भट्टराई

पटौटी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ४ पटौटीमा जनहित युवा संगठनले देउराली बजारमा माक्स वितरण गरेको छ ।


पटौटीमा जनहित युवा संगठनले आईतबार सामाजिक दुरी कायम गर्दै देउराली बजारमा माक्स वितरण गरेको हो ।


जनहित युबा संघले माक्स वितरणसँगै सामाजिक दुरीको रेखांङकन कायम गरेर व्यापार गर्नका लागी आग्रह गरेको संगठनका अध्यक्ष दिलिप गैरेले बताए ।


कार्यक्रममा महासचिव निलकन्ठ बेल्बासे, कोषाध्यक्ष केसव वराल, लगायत स्थानिय बजार प्रतिनिधिको उपस्थिती रहेको थियो ।

समुदाय स्तरमा कोरोना सचेतनाको लागी उक्त कार्यक्रम गरिएको जनहित युवा संगठनका अध्यक्षले बताए ।

अन्य समाचारहरु