कुवेतमा निधन भएका सितापुरका राजकुमार खड्काको शब भोली शनिवार नेपाल आईपुग्ने

कुवेतमा  निधन भएका सितापुरका राजकुमार खड्काको शब भोली शनिवार नेपाल आईपुग्ने


अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौं (अर्घाखाँचीडट्कम) । कुवेतमा हृदयाघातका कारण निधन भएका अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको निपानेका राजकुमार खड्काको शब भोली शनिवार नेपाल आईपुग्ने भएको छ । 


कुवेतमा हृदयाघातका कारण गत मंसिर १९ गते आईतवार निधन भएका सितापुरको निपानेका राजकुमार खड्काको शब भोली शनिवार नेपाल आईपुग्ने भएको हो ।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारी अनुसार खड्काको शब सम्पूर्ण प्रक्रिया पुरा गरी कुवेतबाट कतार एयरवेजको उडान नम्बर क्युआर १०८७ र दोहाबाट उडान नम्बर क्युआर ०६१६ जहाजबाट काठमाडौं भोली दिउसो २ः४५ बजे काठमाडौं ल्याइने भएको छ । 

५ वर्षदेखि कुवेतमा रहेका खड्काको  कोठामा सुतेकै अवस्थामा निधन भएको थियो । केही समयदेखि अवैध बस्दै आएका खड्काका श्रीमती र एक छोरा रहेका छन् । 

अन्य समाचारहरु