आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालविरुद्धको खेलमा नामिबियाले टस जित्यो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालविरुद्धको खेलमा नामिबियाले टस जित्यो ।
      

  
tvs


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा नामिबियाले टस जितेको छ ।

क्यामबुसडून क्रिकेट मैदानमा भएको टस जितेर नामिबियाले ब्याटिङ रोजेको हो । पहिलो खेलमा पराजित नेपालले नामिबियासँग हारको बदला लिने लक्ष्यमा हुनेछ ।

श्रृंखलाको पहिलो खेलमा हराएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ ।

आईसीसी विश्वकप लिग–२ को अंक तालिकामा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ पाचौं स्थानमा छ ।

शनिवार हुने खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा हुनेछ । २४ खेल खेलको अमेरिकाले तालिमा २३ अंक जोडेको छ ।

यस्तै नामिबियाको १७ खेलबाट १६ अंक छ ।

अन्य समाचारहरु