मैदानमा गर्भवती महिला पोषण कार्यक्रम सम्पन्न (भिडियो, तस्बिरहरु)

मैदानमा गर्भवती महिला पोषण कार्यक्रम सम्पन्न (भिडियो, तस्बिरहरु)


डिआरजी सुमन

मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ५ मैदानको वर्ष २०७८/०७९ को एक लाख बजेट निकासा भए वमोजिम आज कार्यक्रम मैदान स्वास्थ्यचौकीमा कार्यक्रम सम्पन्न भएको छ ।


मैदानमा रहेका सुनौलो हजार दिनका गर्भवती महिलाको पहिचान गरि स्वास्थ्य संस्था तथा गाउँतथा वडा क्लिनिकमा निरन्तर समय अवधि भित्र चार, छ, आठ र नौ महिनासम्म निरन्तर चार पटक गर्भ जाँच गर्ने महिलाको वृद्धि तथापहिचान गरि आमा र बच्चालाई सुपोषित बनाउने उदेश्यले पाणिनि गाउँपालिकाको गाउँ कार्यपालिकाको सभाबाट पारित गर्भवती महिलापोषण कार्यक्रम भएको पाणिनि गाँउ वडा नं ५ मा रहेको मैदान स्वास्थ्य चौकि प्रमुख जगदीश घिमिरे वताउनु भएको छ ।


मैदान स्वास्थ्य चौंकीमा आईतवार आयोजित कार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ५ अध्यक्ष जीवलाल घिमिरेको अध्यक्षता,पाणिनिगाँउ पालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेको प्रमु आथित्यका,स्वास्थ्य शाखा वाट राम प्रसाद घिमिरे,कार्यपालिका सदस्यईश्वरा केसी,वडा सदस्य पार्वता सुनार,धन वहादुर सिंजाली,स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायत स्थानीय समाजसेवी,महिला स्वयम्सेविका , स्वास्थ्य चौकि कर्मचारि लगायतको उपस्थितमा मैदान स्वास्थ्य चौकि प्रमुख जगदीश घिमिरेको संचालनमा सम्पन्न भएको छ ।- तस्वीर डिआरजी सुमन/अर्घाखाँची

अन्य समाचारहरु