दुनियाँसामु पागल घोषितहुदै जेलनेलको मनोवलबिना असम्भव सामाजिक क्रान्ति

-  डिआरजी सुमन

पुरातनवादीको नेतृत्वमा संचालित समाजलाई मुट्ठीभर राख र हैकमवाजी चलाउ निती विरोधी ती परिवर्तनको पक्षधर सवैलाई यो आग्रह छ कि समय,ईज्जत र ज्यान जतिसुकै वचाउन खोजेपनी अन्त्य हुने निश्चित हुदाहुदै पनी कसैको र केहीको सिमित चीजको प्रलोभन,ईज्जत,वेईजेत अनि ज्यान जाने डरले अन्याय र असमानतालाई सहदै कुनैपनी हालतमा आज झुकेर समय व्यार्थ फाली वस्ने काम कसैले पनी कदापी नगरौ समय,ईज्जत र ज्यान जतिसुकै वचाउन खोजेपनी कुनै न कुनै दिन अवस्य जाने नै हो । त्यसैले सर्वप्रथम म दुनियामा कसैको साथविना एक्लै वाँच्ने आँट राख्न सक्छु भन्ने गरी प्रतिवद्धता लिएर कुनै दृढ़ अठोट गरेर ती सवै नौटंकि संस्कार त्यागी दुनियाँको सामु आफुलाई एक्लै भएको घोषणा गर यसरी आउने सवैलाई सामाजिक लड़ाईमा म सदैव साथ दिन तयार छु,साम दाम दण्ड भेदको नितिमा आधारित रहदै होमिने समय आएको छ । यहाँ अहिले भईरहेका यावत धर्म र संस्कारका योजना पुरातनवादीको असत्य र कालाकार्तुस छुपाउने नौटंकि सिवाय केही हैन ।

मानवीयता,समाज र राष्ट्रीय हितको पक्षमा दृर्घकालिन रुपमा सकरात्मक संदेशवाहकको रुपमा क्रियाशील भई अंगाडी वढ्नवाट ईज्जत र वेईजेतको नौटकिमा मेरो पाईला पारिवार सामाज वा कानुनी रुपमा कसैले अवरोध गरी असफल वनाउने कोशिष गर्छ भने तत्काल ती सवै साँघुरो घेरा भित्र राखिरहन चाहना राख्ने आमावुवा दाजुभाई दिदीवहिनीहरु र आफन्तको नजरमा म आफुलाई ज्युदै मरेको घोषणा गरी आजैवाट सदाको लागी विदाईका हात हल्लाईदिन तयार हुनुपर्छ,त्यो यथास्थितिवादमा रमाउने पुरानत चिन्तनको समाजलाई ठाडै वहिस्कार गर्दै निरंकुश कथित तानाशाही अवसरवादिको जुनसुकै कानुनलाई आगो लगाई दिएर जेलनेलको लागी तयार भई आजको मितीवाट नै परिवर्तनशीलता विरोधी त्यो दुनियाँको नजरमा पागल र आंतकवादी वनेर देखाउने उच्च मनोवलका साथ एक्लै ज्युने अठोट लिएर आफ्नो अन्तिम उद्देश्य प्राप्ति गर्न म आफु नै अंगाडी नवढे सम्म कोरा सिद्धान्तका आधारमा सामाजिक परिवर्तन संभव छैन ।

समाजमा परिवर्तन चाहानेहरुको मनोवल घटाउनको लागी पहिलो दुश्मन आफ्नै घरमा हुन्छ उसले सधै मुखले चिल्ला कुरा गरेर मनले सधै पुरातनवादीको चिन्तन राखेको हुन्छ जसको उदाहरणको लागी घरमा वुवाआमा कृषक भए कृषक र प्रोफ़ेसर भए प्रोफ़ेसर हुन पर्ने,छोरा वा छोरीले आफ्नो ईच्छा वमोजिम अन्तरजातिय विवाह गरेमा कुलको ईज्जत फाल्न थाल्यो भन्दै घरवाट र कुलवाट निष्कासन गर्ने जस्ता अनेक धम्की आउने गर्दछ । विशेष गरेर पुरुष प्रदान मुलुकमा नारीलाई यस्तो धम्की आउने गरेको पाईन्छ । आज नेपालमा राष्ट्रपति,सभामुख र प्रधान न्यायधिश समेत महिला भईरहदा वोक्सिको आरोप,कुलको वदनाम गरेको आरोप,दलित भएर छुवाछुत गरेको आरोप,आमावुवा वा दाजुभाईको ईच्छा वमोजिम विवाह वा जागीरमा सहभागी नभएको आरोप,सासुससुराको सम्मान नगरेको आरोप,दाईजो नल्याएको आरोप,श्रीमानको मनपरी विरुद्ध वोलेको आरोप लगायतले अझैपनी समाजमा नारीलाई दिनानुदीन सास्ती दिई नै रहेको छ । आज पनी ९९% नारीले आफुले चाहेको काम र स्थानमा स्वतन्त्रतापुर्वक पुग्ने अधिकार पाएको अवस्था छैन ।

परिवर्तनको दोस्रो ठुलो दुश्मन समाज हो जुन समाजमा पहिलेदेखी हैकमवाजी चलाई आएका मुट्ठीभरका शासकको निर्णयमा हुने जस्तोसुकै समाजघाती काम र निर्णयलाई सहमती जनाउदै उसैको पक्षमा काम गर्नै पर्ने नियमको अन्त्य अझै पनी भएको छैन । यदी उनको पक्षमा काम गरिएन र यो ग़लत निर्णय हो सुधार गरेर लैजानु पर्छ भनिन्छ भने उक्त व्याक्तिलाई त्यस समाजमा तत्काल समाज विरोधी,भडुवा र चरित्रहीन पागल घोषणा गरिन्छ । विकासप्रेमीलाई साथ दिएर समाजका केही व्याक्तीले परिवर्तनको पक्षमा यो सही हो भन्दै साथ दिनुपर्ने हुन्छ भन्छन भने ती सवै समर्थकलाई धम्कि वा सिमित रकममा खरिद गरी नियन्त्रणमा लिईन्छ अनी मुल परिवर्तनको नेतृत्व गर्ने व्याक्तीमाथी साँघातिक आक्रमण गरिन्छ अनी आक्रमणकारीवाटै आफ्नो गल्ती छुपाउन पुलिस प्रशासन डाकिन्छ एक्लै पारेर चरित्र देखी प्राण हत्याको प्रयास आफ्नै समाजले गर्दछ अनि खरिदगरी ल्याईएको प्रशासन पनी उसैको पक्षमा उभिएर दोषीलाई उन्मुक्त गरेर निर्दोषलाई जेल हाल्छ । यो देशमा अदालत,पुलिस सवै शक्तीको आडमा चल्नुपर्ने लुप्त वाध्यकारि नियम छ । यसलाई नै यथास्थितिवादमा आधारित हैकमवाजी कलंकित समाजको परिचयको रुपमा लिन सकिन्छ ।

तेस्रो मुल दुश्मन हो औचित्यहीन निती नियम र मुल क़ानून जसले राष्ट्रीय हीत हैन कुनै शासकनुकुल काम गर्न साथ दिदैन उसलाई त्यो कानुनले आतंकवादीको संज्ञा दिने गर्छन यदी संविधानको धारामा उल्लेख छैन भने अधिनियम लागु गरिन्छ । जसको हातमा प्रशस्त धन र गुण्डा हुन्छन त्यो देश उसैको हुन्छ उसलाई जनता मार्न देखी देश वेच्न सम्मको छुट हुन्छ । संविधान उसैको अनुकूल संसोधन गरिन्छ उसलाई कुनैपनी कार्वाही गरिने व्यावस्था हुदैन यसैलाइ तानाशाही निरंकुश तन्त्र भनिन्छ जसको उदाहरण रुपमा नेपाललाई लिन सकिन्छ जहाँ देशवाँसीलाई झुक्काउनको लागी गणतन्त्र घोषणा भएको छ तर शासक र व्यावहारिक निती राणाकालिन र पन्चेकालिन व्यावस्था मै हाँवी छ । अख़्तियार,सत्यनिरुपण लगायतका आयोग सानातीना कम हैसियतदार जनता र कर्मचारीलाई कार्वाही गर्नको लागी प्रयोगमा ल्याईएको छ भने ठुला घूसखोर र हत्यारालाई कार्वाही त के सोधपुछको लागी पत्र पठाईए पनी तत्काल आयोगको अधिकार क्षेत्रमाथी नै धावा वोलीन्छ ।

आजको समयमा जसले जे काम गरेको छ त्यो नै आफैमा उत्कृष्ट छ यहाँ राम्रो र नराम्रो भन्ने केही नै छैन । मानिस सकेसम्म ग़लत मार्गमा जानु हुदैन राम्रो कामको लागी कुनै परिवार,समाज र कानुनले के भन्छ भनेर सोच्न आवस्यक छैन यो दुनियामा सवैले आफु अनुकूल काम गरिदिनेलाई राम्रो र उसको प्रतिकूल काम गर्नेलाई नराम्रो भन्नु स्वभाविक नै हो । हाम्रो देशमा वैधानिक र अवैधानिक भन्ने कुरा सत्य तथ्यमा आधारित हैन उक्त शासकको हैकमवाजीमा निहित छ । यसैले आफ्नो व्याक्तीगत सामर्थ्यलाई हदैसम्म सकरात्मक कार्यको पक्षमा सदुपयोग गर्दै जडसुत्रिय यथास्थिवादलाई तहसनहस पारी आमुल परिवर्तनको लागी आफ्नो ईज्जत र ज्यान तिलन्जली दिदै प्राण आहुतीको लागी तत्पर हुन नसकेको खण्डमा जुनसुकै तन्त्र,शासन र शासकको उदय भएता पनी समाजमा व्यापकताको साथ मौलाएको अन्याय र असमानतालाई निमिटान्न पार्न सकिने आधार नै छैन । तसर्थ यो स्मरण गर्न जरुरी छ कि प्रशस्त धन र गुण्डा हुन्छन भने देशका जनता मार्न देखी देश वेच्न सम्मको छुट उसैलाई हुन्छ ।

( लेखक : "अन्याय र असमानताको विरुद्ध खोजी अभियान"पिस सेक्युर मिशनका संस्थापक एवं स्वतन्त्र पत्रकार डिआरजी सुमन हो ।

अन्य समाचारहरु