गठबन्धनहरुले झुटा प्रलोभन दिएर सन्धिखर्कको बिकास पछाडि धकेलेका हुन्: कृष्ण प्रसाद श्रेष्ठ, एमाले उम्मेदवार

गठबन्धनहरुले झुटा प्रलोभन दिएर सन्धिखर्कको बिकास पछाडि धकेलेका हुन्: कृष्ण प्रसाद श्रेष्ठ, एमाले उम्मेदवार

केशब राज ज्ञवाली

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमालेका तर्फ बाट सन्धिखरक नगरपालिकाको प्रमुखका उमेदवार कृष्ण प्रसाद श्रेष्ठले काङ्ग्रेस लगायत गठबन्धनले सन्धिखर्क नगरलाइ पछाडी पारेको आरोप लगाएका छन । आज अर्घाखाँची डटकमसंगको बिशेष कुराकानिका क्रममा अब एमालेले चुनाब जित्ने र सन्धिखर्क नगरको मुहार फेर्ने दावी पनि गरेका छन ।


बिगतको चुनावमा आफू संग समय पनि कम भएको र जनताले चिन्न नसकेको हुनाले निर्वाचनमा पराजय भोग्न परेको  तर अहिले यो अवस्था बिल्कुल फरक रहेको श्रेष्ठले बताए । अहिलेका दिनमा निर्वाचन घोषणा भएपछी मात्रै २५०० भन्दा बढी फरक पार्टिका कार्यकर्ता एमालेमा प्रवेश गरेको दावी गर्दै श्रेष्ठले एमालेको जनलहर देखेर पूरा गठबन्धन अताल्लिएको पनि दावी गरे ।

काङ्ग्रेस नेतृत्वको गठबन्धनको कुनै एजेन्डा नभएको भन्दै उनले माओबादी  र जनमोर्चा सकिएको र एकीकृत समाजबादी पार्टी दर्ता मात्र भएपनी जनता कोहि नभएको दावी गरे ।

उमेदवार श्रेष्ठ २०७४ सालको स्थानिय निर्वाचनमा काङ्ग्रेसका उमेदवार कमल प्रसाद भुसाल संग पराजित भएका थिए ।तेति बेला काङ्ग्रेस र माओबादिको चुनाबी तालमेल थियो भने नेकपा एमाले एक्लै चुनाव लडेको थियो ।अहिले पाच दलिय गठबन्धन एकातर्फ छ भने एमाले एक्लै अर्का तर्फ छ ।

गठबन्धनका तर्फ बाट काङ्ग्रेसका शान्ता भन्डारीले प्रमुखको उम्मेद्बारी दिएका छन । अब अर्घाखाँचीमा जतिसुकै अपबित्र गठबन्धन र जति जालझेल र षडयन्त्र गरे पनि जनताले एमालेलाइ पत्याउने दावी गर्दै उमेदवार श्रेष्ठले जिल्लका छ पालिका सहित सन्धिखर्क नगरका सबै वार्ड सहित हजारौको मतान्तरमा निर्वाचन जित्ने दावी पनि कुराकानिकै क्रममा गरे ।

अन्य समाचारहरु