देशकै नमुनाको रुपमा परिवर्तन गर्दै पाणिनी गाउँपालिका लेखा अधिकृत निरज पौडेल

देशकै नमुनाको रुपमा परिवर्तन गर्दै पाणिनी गाउँपालिका लेखा अधिकृत निरज पौडेल

डिआरजी सुमन 

दुर्गाफाँट, अर्घाखाँची  (अर्घाखाँची डट्कम व्युरो रिपोर्ट) । देश संघिय संरचनामा परिणत भईसकेपछि हरेक पालिकाले आ-आफ्नो नमुना कार्य गरिरहेको समयमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका लेखा अधिकृत निरज पौडेले नमुना कार्यको शुरुवात गरेका छन् । आ.ब २०७६।०७७को वार्षिक प्रतिवेदन सकेर नयाँ आ.ब. २०७७।०७८ को खर्चको कार्य अगाडि बढाएका छन् । 


देशैभरि लागु गरिएको परिर्वतनकारी लेखा प्राणालिको वाबजुत पनि देशकै सर्वप्रथम कर्मचारीको तथा जनप्रतिनिधिहरुको साउन महिनाको तलब भत्ता तथा मासिक सुविधा भुक्तान गरिसेकेका छन् साथै मासिक रुपमा पेश भएका सबै फाइलको भुक्तानि भईसकेको नीरज पौडेलले अर्घाखाँची डट्कम व्युरो प्रमुख डिआरजी सुमनसँग बताउनु भएको छ । पाणिनी गाउँपालिकामा कार्यरत एक कर्मचारी ना.सु. नरेन्द्र प्रसाद पराजुलीले भने मेरो २६ वर्ष सेवा अवधि पुग्यो अझै सम्म साउन महिनाको तलब भत्ता साउन महिनामै पाएको थिएन यो नै पहिलो पटक हो भन्दै उनि आश्चर्यचकित बनेका छन । यस्तै अर्का एक जेष्ठ कर्मचारी माधव अर्याल आफ्नो मोबाईलमा बैकको घण्टी बज्दा उनि पनि अचम्बित परेको वताउदै यसअघि साउन,भदौ,असोजको एकमुष्ट पाँउने भएको हुदा यस पटक साउनमै पाँउदा धेरै खुसी छु भन्दै पौडेलको कार्यमा संतुष्टि व्याक्त गरेका छन । 

यस पटक चालु आ.ब.को तलब भत्ता तथा अन्य भुक्तानि सर्वप्रथम साउनमै गर्ने पाणिनी गाँउ पालिका देशकै पहिलो भएको लेखा अधिकृत पौडेलको भनाई छ । आफ्नो जिम्मेदारी कार्य समयमानै पुरा गर्नु पर्छ भन्ने प्रवृत्तिका पौडेल आफुले ज़िम्मेदारी समयमै पुरा गर्नेगरेको वताउछन । 


अब देखि हरेक महिना भएको खर्च सो महिना सकिएको ७ दिन भित्र आर्थिक प्रशासन शाखामा दर्ता हुनु पर्ने यदि दर्ता हुन नसके भुक्तान प्रक्रिया अगाडी नबढाउने उनले बताए । यो कार्यलयलाई पारदर्शि तथा यथार्थ परक बनाउन हरेक क्रियाकलापको भुक्तानि कार्यलयको निर्णय भएपछि मात्र अगाडि बढाउने गरेको उनको भनाई छ । 

यसै गरि भदौ महिनाको पनि मासिक तलब भत्ता तथा जनप्रतिनिधिको सुविधा भुक्तान भदौ २९ गते नै गरिसेकेका छन् । कोभीड कोबावजुत पनि उनि निरन्तर कार्यालयमा आईराखे, यतिमात्र होईन उनी हरेक निर्णय प्रक्रियामा सहभागि हुदै गएका पनि छन ।यसअघि अर्थात गतवर्ष असार १५ पछि पेश भएका ३०० भन्दा बढी फाइलको भुक्तानि गर्दा विहान-देखि साझ सम्म एक दिन फुर्सत नभएको वताउदै उनले भने ३६५ दिनमा ३६० दिन सम्म निष्क्रिय भएर वस्ने अनि अब आ.ब सकिन २।४ दिन छ भन्दा फाइल पेश गर्ने अनि भुक्तानि भएन भनेर गलत र भ्रमाक सुचना दिने कार्यलाई निरुत्साहित गर्ने तथा सचेत गराउने कार्यमा आफु सशक्त भएर लागेको पौडेल वताउछन।

यो आ.ब. देखि मासिक रुपमा पेश नभए सो फाइलको भुक्तानि अगाडि नबढाउने लेखा अधिकृत बताउछन । यस आ.ब. देखि हरेक भुक्तानि बैकिङ्क मार्फत जाने र शोधभर्ना भुक्तानिलाई निरुत्साहित गदै हरेक विल भुक्तानि बैकिङ्क मार्फत गर्ने उनले बताउछन् । हरेक क्रियाकलाप संचालन गर्दै गर्दा तथा सम्पन्न भईसकेके पछि उनि पुग्ने सो को जानकारी नगराई संचालन गरिएका योजना तथा कार्यक्रमलाई अनुसन्धान प्रक्रियामा अगाडि बढाउने गरि प्रक्रिया अगाडि बढाईएको उनले अर्घाखाँची डट्कम व्युरो प्रमुख डिआरजी सुमनसँग बताएका छन । 


तस्वीर/डिआरजी सुमन/अर्घाखाँची डट्कम

अन्य समाचारहरु