ठाडामा एमाले शितगंगा नगर सचिवालय बैठक सम्पन्न

ठाडामा  एमाले शितगंगा  नगर सचिवालय बैठक सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा नेकपा एमाले शितगंगा  नगर सचिवालय बैठक आज  सम्पन्न भएकाे छ ।
 

पाटि नगर कमिटी अध्यक्ष  बशन्त कुमार श्रेष्ठकाे अध्यक्षयता जिल्ला कमिटी उप सचिव  प्रेमनारायण गैरेकाे प्रमुख आतिथ्यता क्षेत्रीय अध्यक्ष  काशिराम आचार्यकाे बिशिस्ट आतिथ्यता , नगर कमिटी ईन्चार्ज  ओपि पाण्डे , जिल्ला कमिटी सचिवालय सदस्य तथा वडा न. २र६का अध्यक्षहरु गाेवर्धन थापा ,  ऋषि रेस्मी , जिल्ला कमिटी सचिवालय सदस्य  तिलक भाट , गिता भाट , युवा संघ नगर कमिटी अध्यक्ष  तिलक अधिकारी , प्रेस चैतारि नेपालका लुम्बिनी प्रदेश कमिटी सदस्य बिष्णु कुमार आले  र युथ फाेर्स संयोजक   सन्दिप दर्लामिकाे आतिथ्यतामा सम्पन्न बैठक नगर कमिटी उपाध्यक्ष  संजय रानाकाे स्वागत र पाटि सचिव  ऋषि घिमिरेको सञ्चालनमा सम्पन्न भएकाे हाे ।


बैठकले २३ पाैषमा हुने जिल्ला अधिवेशनका लागि वडा स्तरबाटै हुने प्रतिनिधि छनाेटका लागि सबै वडामा १७ गते एकैसाथ सम्पन्न गर्नका  लागि नगरका १४वटै वडामा १/१जना जिल्ला कमिटी सदस्य खटाउने निर्णय गरेकाे छ ।

र आजै पाटिकाे सशक्त संगठन अखिल नेपाल महिला संघ शितगंगाकाे प्रथम बैठक संगठनकि नगर अध्यक्ष  गिता भाटकाे अध्यक्षयता र सचिव  शुसिला आचार्यकाे सञ्चालनमा सम्पन्न भएकाे छ।

अन्य समाचारहरु