किसान (कविता)

किसान (कविता)

पीताम्बर भट्टराई
 
माटाेमा खनने पिएर पसिना तिम्रा ती हातैभरि
ठेलानै परने गरेर खपदा रातै सबेरै पनि

जाेतेका अनि काम भारि गरने थाकेर बस्ने कहाँ
खाने त्याे नुनमा ढिडाे र अमिलाे खुर्सानि हाल्दै त्यहा

वर्षा पानी हिलाेसहेर हिडनेशक्तिछ तिम्राे धेर
खट्छैा पथमा सहेर अतिनै तुच्छै ति बिझ्ने कुरा

खुट्टामा न जुताछ टाेपि शिरमा पाेल्दाेछ ताताे अति
थाङ्नाे त्याे दउरा लगाइ जिउमा छड्केछ धाेती पनि

साथैमा रहने हलाे र हसियाकाेदालि चाहे जति
अर्कैकाे लिदछैा तिरेर जसकाे भाडा महङ्गाे अति

बगेकाे पसिना हिसाब नहुने तिर्नै त गाह्राे हुनि
अन्नैलग्छ भरेरसाहु अदिया रेटेर धाेक्रै भरी

भाेकैछन्घरका जहान बबुरा ल्याएर खाने भनी
खेतैमा सकियाे पुगेन घरमा पुग्दैन हप्ता पनि

ऋणैयाे चुलियाेपहाड हुनगाेसामार ब्याजै पनि
गाह्राेभाे उसला जहान कसला काटेर अाखै भरि

सुखैकाे सपना देखेरअबता संसार थर्काउने
तैयार अब हाै मिलेर जनता आबाज थर्काउने

बाच्नेहाे मनमा लिएर बदला सामन्त जाली सग
जुध्नेहाेनहुने बिकल्प अरुके आधार बाच्ने छ र