प्युठानभर कांग्रेस, एमाले, माओवादी छोडेर धमाधम राष्ट्रिय जनमोर्चामा प्रवेश गर्दै कार्यकर्ताहरु

प्युठानभर कांग्रेस, एमाले, माओवादी छोडेर धमाधम राष्ट्रिय जनमोर्चामा प्रवेश गर्दै कार्यकर्ताहरु

अर्घाखाँचीडट्कम संवाददाता 

प्युठान । प्युठानमा भुलवस राष्ट्रिय जनमोर्चा छोडेर अन्य पार्टीमा प्रवेश गरेका कार्यकर्ताहरु धमाधम मूल घरमै फर्कन थालेका छन् ।


राजमोले राष्ट्रियता र जनजीविकाप्रति लिएको अडान तथा विकास निर्माणमा देखाएको अग्रसरताका कारण अन्य पार्टीबाट राजमोमा प्रवेश गर्ने लहर चलेसँगै विगतमा पार्टी छोडेर गएका कार्यकर्तासमेत फर्कन थालेका हुन् ।

केही दिनअघि एमाले प्रवेश गराइएका भनिएका झिमरुक गाउँपालिकाका सम्पूर्ण युवाहरु आफ्नै पार्टीमा फिर्ता भएका छन् । बुधबार अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका वडा न.८ को आयोजनामा फुलवारी रातामाटामा आयोजित कार्यक्रममा २३ जना युवा राजमोमै फर्किएको घोषणा गरेका छन् ।

भ्रमवस अन्य पार्टीमा समावेश गरिएका भनिएका आफ्ना २३ जना युवा कार्यक्रतालाई मुल घर राष्ट्रिय जनमोर्चामा नै सामेल गरिएको राजमो प्युठानले जनाएको छ । गत पुस २० गते मच्छिमा एमालेले केही युवाहरुलाई पार्टी प्रवेश गराएको थियो ।

एमालेको जिल्ला अधिवेशनको सम्मुखमा आयोजित त्यो कार्यक्रममा एमालेका एकजना व्यक्तिले मेरो लागि एक दुई घण्टा कार्यक्रममा आइदिन पर्यो भनेर बोलाई सूर्य थापालाई टीका लगाउन लगाएर एमाले प्रवेश गरेको भनेर प्रचार गराइएको थियो । त्यसरी प्रचार गराइएका राष्ट्रिय जनमोर्चा समर्थित २३ जना युवाहरुले आफूहरुलाई भ्रमवस प्रवेश गराइएको भन्दै आज फिर्ता भएका हुन् ।


त्यसैगरी तत्कालीन नेकपा र माओवादीमा रहेका धर्मबहादुर वस्नेत, सर्वजित वस्नेत गिरवहादुर बस्नेत र सन्तोष वस्नेत पनि पार्टीमा फर्किएका छन् । फिर्ता भएका युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रवहादुर केसीले स्वागत गर्नुभएको छ ।

कार्यक्रममा किसान महासंघका केन्द्रीय सचिव विरवहादुर जिसि, अखिल (छैठौं) का महासचिव सुवाश जिसि, वडा न. ५ का अध्यक्ष टीका जिसि, राजमो झिमरुकका अध्यक्ष शिद्दिमान जिसि, युवक संघ झिमरुकका अध्यक्ष भरत ढकाल, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य संकर वस्नेत, राजमो नेता देवेन्द्र जिसि, वडा न ८ का राजमो अध्यक्ष हुमबहादुर महतरा लगाएतका नेताहरु उपस्थित हुनुभएको थियो ।


कार्यक्रमको अध्यक्षता युवक संघका ८ न वडा अध्यक्ष वसन्त थापा र संचालन रामबहादुर महताराले गर्नुभएको थियो ।

अन्य समाचारहरु