अर्घाखाँचीमा डाइनामिक पब्लिक लाइब्रेरीले ११ औ स्थापना दिवस मनाउने

अर्घाखाँचीमा डाइनामिक पब्लिक लाइब्रेरीले ११ औ  स्थापना दिवस मनाउने

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालकाे अर्घाखाँची अर्घाखाँचीले ११ औ  स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएकाे छ । 

सन्धिखर्कमा बसेकाे पहिलाेे  बैठकले १४ गते विहान ६ बजे देखि ८ बजे सम्म शान्तिबगैंचामा पुस्तक पढने र ८ बजे निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयलाई ग्यासकाे चुलाे प्रदान गर्ने र साे विद्यालयमा अध्ययन गर्ने फरक क्षमताका विद्यार्थीहरूलाई फलफुल र मिठाइ वितरण गरी स्थापना दिवस मनाउने निर्णय गरेकाे हाे । 

शाखाका अध्यक्ष अर्जुन भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकारहरू विजुला रायमाझी र  हृदय भुसालकाे अातिथ्यता थियाे ।

अन्य समाचारहरु