सन्धिखर्कमा ५०% अनुदानमा गहुँको उन्नत बीउ तथा कन्ये च्याउ वितरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)

सन्धिखर्कमा ५०% अनुदानमा गहुँको उन्नत बीउ तथा कन्ये च्याउ वितरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)


लक्ष्मण घिमिरे | अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा कृषकहरुलाई ५०% अनुदानमा गहुँको उन्नत बीउ तथा कन्ये च्याउ वितरण कार्यक्रम सम्पन्न भएको छ । 


सन्धिखर्क नगरपालिकामा आईतबार कृषकहरुलाई ५०% अनुदानमा गहुँको उन्नत बीउ तथा कन्ये च्याउ वितरण कार्यक्रम सम्पन्न भएको हो ।


करिब २ हजार किसानलाई १६ हजार किलो गहूँको बिउ तथा ३ हजार पाँचसय प्याकेट च्याउको बिउ वितरण गरिने नगरपालिकाले जनाएको छ । च्याउको बिउ प्रति प्याकेट ४० रुपैंया र गहूँको बिउ प्रतिकिलो ३७ रुपैया ५० पैसामा कृषकलाई उपलब्ध गराईएको छ । सन्धिखर्क नगरपालिकाले आफ्नो बजेटको अधिकांश रकम कृषी क्षेत्रमा विनियोजन गर्ने गरेको छ । कृषकहरुलाई स्वरोजगारको लगाी उत्प्ररित गर्न कृषक तथा कृषी समुहहरुलाई अनुदानमा बिउ उपलब्ध गराईएको नगरका कृषी शाखा प्रमुख राजेन्द्र भट्टाईले जानकारी दिए ।


बिउ वितरण गर्दै नगरपालिका प्रमुख कमलप्रसाद भुसालले दुध, ब्रोईलर र अण्डामा नगरपालिका आत्मनिर्भर बनेको बताउँदै अझै सोंचेजती प्रगती हासिल गर्न नसकेको बताए । कृषीका क्षेत्रमा नगरपालिकाले थुप्रै बजेट विनियोजन गर्नुका साथै विभिन्न कृषी सामग्री, टँडेल, हलाहरु, दुद बोक्ने डब्बा, मासु राख्न डिफ्रिज लगायतका सामाग्री वितरण गर्दै आएको बताए । कृषी क्षेत्र सुधारात्मक भएपनी सन्तोषजनक नरहेको उनको भनाई छ ।


कार्यक्रममा उपप्रमुख ठाकुरकुमार बिकले अनुदान कार्यक्रमबाट कृषहरुले बढीभन्दा बढी उत्पादन गरेर फाईदा लिनुपर्ने बताए । नगरपालिकाले ११४ जना कृषकलाई सहुलियत कृषी कर्जा उपलब्ध गराएको भन्दै कृषीमा नगरपालिकाले पर्याप्त लगानी गरेको उपप्रमुख बिकको भनाई छ ।


कार्यक्रममा गौरथुम देउराली कृषक समुहका बिष्णु अर्यालयले कृषकहरुको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । नगरपालिका आर्थिक विकास समिती संयोजक तथा वडा नम्बर-९ का वडाध्यक्ष देवीबहादुर रायमाझीको अध्यक्षता तथा कृषी शाखा प्रमुख राजेन्द्र भट्टराईको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्य समाचारहरु