नगर बिकासका लागि रातदिन खटिएका सन्धिखर्क नगरपालिकाका प्रशासकिय प्रमुख जिबन ज्ञवाली

नगर बिकासका लागि रातदिन खटिएका सन्धिखर्क नगरपालिकाका प्रशासकिय प्रमुख जिबन ज्ञवाली

एसपी भुसाल

सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवाली कुशल सक्षम स्वच्छ छविको प्रशासकको रुपमा परिचित छन् । 

लामो समय  तत्कालीन स्थानिय बिकास मन्त्रालयमा बसेर राम्रो काम गरि सफल अधिकृतको छबि बनाएका ज्ञवाली सन्धिखर्क नगरपालिकामा आएपछि सुशासन पार्दर्सिता र अनुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको जानकारहरु बताउछन् । 

ज्ञवालीले आफ्नो कार्यकालमा नगरपालिका भित्रको सबै संरचना तुरुस्त-दुरुस्त पार्ने अनियमिततालाई निरुत्साहित गर्ने सुशासन कायम गर्ने आर्थिक पार्दर्सिता मितब्यिता गर्ने लगायतका धेरै सुधारका कामहरु गरिरहेका छन्  । 

अर्घाखाँचीको सदरमुकाममा रहेको सन्धिखर्क नगरपालिकामा बिकासका सयौं कामहरु भएका छन् ।  नगरपालिका भित्र रहेको शान्ति बगैचा आधुनिकी  करण नरपानीमा रहेको गंगा सरोबरमा डुङ्गा सन्चालन खानेपानी समस्याका समधानका लागि गर्लामकोट खानेपानी योजना सन्चालन सिटी भ्यु-टाबर निर्माण, अर्घा भगवती मन्दिरमा जाने सिडी निर्माण गेट निर्माण, खेलमैदानहरु निर्माण, वार्ड कार्यालयहरु निर्माण जस्ता सयौं योजनाका कामहरु भएका छन्, भने कुनै सम्पन्न कुनै निर्माणाधिन छन् । 

ज्ञवालीले नगरपालिका भित्रको कर्मचारी प्रशासनलाई प्रभाबकारी बनाउदै जनताको काम छिटो छरितो गर्ने मुस्कान सहितको सेवा जनतालाई दिनु भष्टचारको निर्मुलिकरण गर्नुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

नगरपालिका भित्र एैन कानुन बनाउने बिकासका कामलाई अगाडि बढाउने काम गरिरहेका ज्ञवाली बिहानदेखि राति अबेरसम्म ल्यापटपमा नगरपालिकाको बिकास योजना प्रशासनिक कामका बारेमा खटिएका हुन्छन् ।

ज्ञवाली यस नगरपालिकामा सरुवा भई तेस्रो पटक सरकारले पठाएका सरल कुशल राष्टसेवक कार्यालय प्रमुख हुन् । ç

सरकारी सम्पत्तिको हिफाजत जवतन गर्ने जथाभावी खर्च गर्न नदिने ज्ञवालीले नगरपालिकामा लामो समय रोकिएर  रहेका जग्गाको नक्सा पास शुरु गरेपछि नगरवासीले लोन लिनका लागि धेरै काम गर्न सहज बनाउने कार्यालय प्रमुख हुन् ।  उनलाई नगरवासीले  खुलेर प्रशंसा गर्ने गरेका छन् ।

अन्य समाचारहरु