छत्रदेव गाउँपालिकामा काठमाडौंबाट आएका ३९ जनालाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइयो (भिडियो, तस्बिर सहित)

छत्रदेव गाउँपालिकामा काठमाडौंबाट आएका ३९ जनालाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइयो (भिडियो, तस्बिर सहित)

सुर्य भुसाल

छत्रदेव , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा काठमाडौंबाट गुल्मीको रिडि खरज्याङ हुँदै आएका उन्चालीस (३९) जना छत्रदेवबासीहरुलाई थर्मल गनको माध्यमबाट मेडिकल अधिकृत डाक्टरहरुले स्वास्थ्य चेक अप गरि गरिएको छ ।


आज बिहान गाउँपालिकामा आएका ति ३९ जनालाई अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसाल सहितका जनप्रतिनिधिहरुको उपस्थितिमा मेडिकल अधिकृतहरुले स्वास्थ्य जाच गरेपछि होम क्वारेन्टाइनमा बस्नेगरि घर पठाईएको प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले जानकारी दिनु भयो ।


सबैलाई राम्रोसँग घरमा बस्न भनेका छौ उहाहरु बाहिर हिडडुल गर्नु हुन्न राम्रोसँग सम्जाई बुझाई घर पठाएका छौ; अध्यक्ष लेखनाथ पोख्रेलले भन्नु भयो अब क्वारेन्टाइन मा राख्ने भन्दा पनि होम क्वारेन्टाइनमा बस्नका लागि उहाहरुको आग्रह अनुसार सम्जाई बुझाई गरेका छौ;  उहाहरु अनुसासित पुर्बक बस्नेमा ढुक्क छौ हामी निग्रानि गर्छौ अध्यक्ष पोख्रेलको भनाई छ ।


पोख्रेलका अनुसार सन्धिखर्क हुदै छत्रदेव जानेहरुका बारेमा जानकारी प्राप्त नभएको र ३९ जना रिडि हुँदै आएको स्वास्थ्य चेकअपमा उहाहरु स्वास्थ रहेकोले स्थानिय सरकारको निति निर्देशन पालना गर्ने गरि   घरमा पठाएको दावी गर्नु भयो ।


अन्य समाचारहरु