के भोकमरीले छटपटाइरहेका पीडितहरुको मर्म बुझ्नु पर्दैन र सरकार ?

के भोकमरीले छटपटाइरहेका पीडितहरुको मर्म बुझ्नु पर्दैन र सरकार ?

निरु आचार्य "नवरश्मि "

पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन वृद्धि भइरहेको छ । भविस्यको सुन्दर सपना देखेर बिदेशीएका दाजुभाइ तथा दिदिबहिनीहरु संक्रमणकै कारण बन्द कोठामै उपचार बिनानै रुदै बस्दै गरेको हामि विभिन्न संचार माध्यमबाट देख्न र सुन्न पाइराखेका छौं । कति दाजुभाइहरु त कोरोनाकै कारण आफ्नो जन्मभुमिमा पाइलानै राख्न नपाई सन्सार छाडेर गइसक्नुभएको छ । यता स्वदेशमा पनि आफ्नो घर छाडेर परिवारको सम्पुर्ण आवश्यकता परिपुर्ति गर्न सहरिएका धेरै दाजुभाइहरु छ महिनासम्म ज्याला मजदुरि गर्न नपाउदा घर न घाटको भइ सडकमा भोकसङ्ग लडिरहेका छ्न्  ।

          आज प्रश्न गर्न मन छ  सरकार ..." के गरिब तथा दुखिहरुको देशमा बाच्ने अधिकार छैन र ??" दैनिक मजदुरि गरेर  बल्ल बल्ल रकम जम्मा गरि तिरेको करले सरकारको मातहतमा रहेका सम्पुर्ण कर्मचारी बाचिरहदा  ..के अहिले तिनै कर तिर्ने गरिब जनता सडकमा छटपटाइरहनु कति जाहेज छ सोच्ने बेला आएको छ । आखिर कहिलेसम्म सरकार !!  हामि दैनिक कोठाभित्र थुनिने ?? ,हामि कसरि बाच्ने ??, के खाएर बाच्ने ?के यसबारेमा सोच्नुपर्दैन र ?? भ्रष्ट ,लूटेराहरुको सम्पति रास्तृयकरण गरेर रोग भन्दापनि भोकले छट्पटाइरहेका पीडितहरुको मर्म बुझ्नु पर्दैन ?? 

               नजिकिदै गरेको महान पर्व दशै खै कसरि मनाउन सकिन्छ र ? बर्सौदेखि छोरो आउने आस गरेर बाटो हेरेर बसेकि बुढी आमा भाइरसले उतै छोरा मर्यो रे.. भनेको सुन्दा कसरि मन थाम्न सक्लिन होला र ! पैसा कमाएर छोराले पठाउला र साहुको रिण तिरौला भनि कुरेर बसेका बा.. छोरा बिदेश पठाउदा लाएको रिण समेत तिर्न नपाउदै  बाकसमा भरिएर आउदा खै कसरि मन बुझ्न सक्ला र ? परिक्षा सकिएला र जागीर गरेर बाबाको रिणको भारि हलुका बनाउला  भनेर परिक्षाको पर्खाइमा बसेकि छोरि परिक्षा नै दिन नपाई रित्तो हात घर फर्किदा के चाडपर्व  आएजस्तै होला र ?

      म सोचमग्न हुन्छु ,भावबिह्वल हुन्छु ... सडकका कुना कुनाबाट खानाको खोजि गर्दै चप्पल बिना हातमा अनि पिठ्युमा दुधे बालकहरु बोकेर भौतारिरहेको देख्दा । दिर्घरोगि ति बुद्ध बाआमाहरु ,क्यान्सर पीडित तथा मृगौला पीडित ति दाजुभाइहरु औसधि खान साथै समय समयमा चेक गर्न  नपाई मृत्युसङ्ग लडिरहेका  छ्न । फेरि पनि प्रस्न गर्न मन छ सरकार ...खोइ त हामिले दिनरात नभनि ,घामपानी नभनि पसिना अनि रगत बेचेर तिरेको त्यो कर ,के आज यहि अवस्था देख्नलाई हो ?? 

     बैंकको लोन तिर्न नसकेर कयौं  ब्यापार ब्यबसाय गर्ने दाजुभाइहरु डिप्रेसनको सिकार बन्न बाध्य भएका छ्न .. के तिनिहरुको लागि पनि केहि सोच्नुपर्दैन र ??
                  
कोरोना त एक बाहना मात्र भएको छ ,अहिले बाढिपहिरो ,सामाजिक तिरस्कार ,घरायसी झै झगडा ,जातियताको द्वन्द जस्ता कारणले छिलो छिलो समाज  बनेको बेला   सरकार भने आन्तरिक पाटिको झै झगडा ,राजनितिक नियुक्ति संगै भ्रष्टाचारमा लिप्त भाएको छ ।

अन्य समाचारहरु