सिमलपानीमा अनुदान सामाग्री वितरण

सिमलपानीमा अनुदान सामाग्री वितरण

अर्घाखाँचीडट्कम संवाददाता

सिमलपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीमा अनुदान सामाग्री वितरण गरिएको छ। 


सिमलपानीमा अनुदान सामाग्री वितरण गरिएको हो ।  

शितगङ्गा नगरपालिका वडा नम्बर १४को आर्थिक बर्ष ७८/७९को बार्शिक कार्यक्रम अनुसार उक्त सामाग्री बितरण गरिएको वडा अध्यक्ष दामोदर न्यौपानेले बताउनु भयो ।

कृषि बिकाश कार्यक्रम अनुसारको हाते ट्राक्टर पावर टेलर तथा टनेल स्पेटेकी ५०% अनुदानमा बितरण गरिएको हो । 

पशुबिकास कार्यक्रम तर्फ चापटटेकिहरु, शिक्षा तर्फ १/५ बिद्यार्थी लाई निशुल्क टिफिन बक्स , महिला स्वयंसेवीकाहरुलाई मोबाइल फोन, अपांग र दलितहरुको घरमा पानी ट्याङ्की , युवा लक्ष्यित कार्यक्रममा खेलकुदमा सफल प्रतियोगिलाई पुरस्कार बितरण गरिएको हो ।


वडा भित्र वडा बासीलाई आवश्यकता हेरेर अझै अरु कार्यक्रम आउने न्यौपानेको भनाई छ ।यता गाउँमा बिज्ञान र प्राविधिको प्रयोग वडाको पहलमा भएको भन्दै स्थानीय हर्सित छ्न भने उता उनैका घरमा सहजै सुबिधा पुगेको छ ।

यसै पनि बिकट मानिदै आएको शितगङ्गा १४ अहिले बिकास उन्मुख भएको छ । बाटोघाटो ,ठाउँठाउँमा कज्वे, महिला,युवा, अपांग लक्ष्यित कार्यक्रम , सहकारी बाट सहुलियत ऋण जस्ता थुप्रै कामहरु भएका छ्न ।

अन्य समाचारहरु