प्रदेश नम्बर २ को नाम मधेस, स्थायी राजधानी जनकपुर

प्रदेश नम्बर २ को नाम मधेस,  स्थायी राजधानी जनकपुर

रोहित महतो 

प्रदेश २ को नाम ‘मधेस’ रहने भएको छ । सोमबार प्रदेश सभामा भएको गोप्य मतदानले प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्ताव पारित गरेको हो।

हाल कायम रहेका ९९ सांसदमध्ये ८० जनाले प्रदेशको नाम मधेस राख्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए । सोमबार नै  प्रदेशको राजधानी जनकपुर राख्ने निर्णय भइसकेको छ । 

सोमबार प्रदेश सभामा भएकाे मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेको हो  । प्रदेश सभामा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो । 

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर तोकिएको छ। 

आज प्रदेश सभामा मतदानबाट राजधानी टुंगो लगाइएको हो।

प्रदेश सभामा ९९ जना प्रदेश सभा सांसद उपस्थित रहेकोमा ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए।

दुई तिहाइभन्दा बढी मतले स्थायी राजधानी जनकपुर तोकेको सभामुख सरोजकुमार यादवले घोषणा गरेका हुन्।

जनकपुरको उत्तरमा धनुषा ढल्केवरको पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भू-भाग सिमाना कायम गरिएको छ।

राजधानीका लागि वीरगञ्ज, वीरगञ्ज महानगर पनि चर्चामा थियो।

प्रदेशको नाम के राख्ने भन्नेमा पनि मतदान गर्ने तयारी छ। आजै बस्ने अर्को बैठकले यसबारे मतदान गर्नेछ। मध्यमधेश प्रदेश, मिथिला-भोजपुरा, मधेश प्रदेश र जानकी प्रदेश नाम प्रस्तावित छन्।

अन्य समाचारहरु