खाँचीकोटमा ७७ जना भारतबाट आए, आज फेरि ७ जना बढे

खाँचीकोटमा ७७ जना भारतबाट आए, आज फेरि ७ जना बढे

अर्घाखाँचीडट्कम संवाददाता 

खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा ७७ जना भारतबाट आएका छन् । बिहीवारसम्म भारतबाट आउनेको संख्या ७७ पुगेको हो । 

खाँचीकोटको आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना

भारतबाट आएका खाँचीकोटका ७७ जना सन्धिखर्कका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । जसमा भारतबाट आएकालाई खाँचीकोटको आदर्श माबि मैदान क्वारेन्टाइनमा ३५ जना, चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा ३२ जना, चुत्राबेसीको जन ज्योती मावीमा ३ जना, हटारी हुँदै बेलबाटीकामा ६ जना र शितगंगा नगरपालिका वार्ड नम्बर २ को सितापुर घुम्तीमा २ जना रहेका छन् । 

खाँचीकोटमा भारतबाट आउने स्थानियबासीको संख्या बढेको छ । 

अन्य समाचारहरु