मालारानीको खनदह क्वारेन्टाइनमा एक जनामा आरडिटी पोजेटिभ आयो

मालारानीको खनदह क्वारेन्टाइनमा एक जनामा आरडिटी  पोजेटिभ आयो
२०७७ ज्येष्ठ २२, बिहीवारमा प्रकासित  

अर्घाखाँचीडट्कम संवाददाता 

खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वार्ड नम्बर ३ खनदह क्वारेन्टाइनमा   एक जनाको आरडिटी परिक्षण पोजेटिभ आएको छ । 

खनदहको आदर्श मावि क्वारेन्टाइनमा  एक युवालाई आरडिटी परिक्षण पोजेटिभ आएको हो । उनी सहित भारतबाट आएका ४९ जनाको आरडिटी परिक्षण गरिएको थियो । 

अन्य ४८ जना आरडिटी परिक्षण नेगेटिभ आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ । 

साथै ति १ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।   

अन्य समाचारहरु