भारी वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

भारी  वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

पोखरा- गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन्। 

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन।

‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन्।घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो। उनीहरू अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएर बसेका छन्। 


जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण संकलन  भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए।

यसैगरी अविरल वर्षाका कारण पोखरा-१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ।

अन्य समाचारहरु