खाँचीकोटमा ८८ जना भारतबाट आए, आज फेरि १० जना बढे (डिहिडाँडा फोटो सहित)

खाँचीकोटमा ८८ जना भारतबाट आए, आज फेरि १० जना बढे (डिहिडाँडा फोटो सहित)

बसन्त खड्का 

खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा ८८ जना भारतबाट आएका छन् । शुक्रबारसम्म भारतबाट आउनेको संख्या ८८ पुगेको हो ।  बिहीवारदेखि शुक्रबार २४ घण्टामा १० जना बढेका छन् ।   


भारतबाट आएका खाँचीकोटका ८८ जना सन्धिखर्कका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । जसमा भारतबाट आएकालाई खाँचीकोटको आदर्श माबि मैदान क्वारेन्टाइनमा ३५ जना, चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा ४३ जना, चुत्राबेसीको जन ज्योती मावीमा ३ जना, हटारी हुँदै बेलबाटीकामा ६ जना र शितगंगा नगरपालिका वार्ड नम्बर २ को सितापुर घुम्तीमा १ जना रहेका छन् ।


यस्तै चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा वार्डले ११ जनाको स्वयंसेवक बनाएर खटाएको छ । बिष्णु भुसालको संयोजकत्वमा ११ सदस्य समिती बनाएर स्थानीय युवाहरूलाई खटाईएको हो ।


यहाँ बाल कृष्ण शाह, केशब घिमिरे, कमल पाण्डे लगायतका युवा स्वयंसेवक टिम खटिरहेको छ ।   

खाँचीकोटमा भारतबाट आउने स्थानियबासीको संख्या बढेको छ । 

अन्य समाचारहरु