ढाकावाङमा बाढीमा परेर बेपत्ता भएकी बालिका सिवानी घर्तिको शव फेला

ढाकावाङमा बाढीमा परेर बेपत्ता भएकी बालिका सिवानी घर्तिको शव फेला

माधव खनाल 

ढाकावाङ, १७ वैशाख अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको आमाडाँडाको बिसारेखोलामा आएको बाढीले बगाउदा बेपत्ता भएकि बालिकाको सव आज भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ को पर्ताखोला नजिक फेला परेको भुमिकास्थान १ का नि वर्तमान अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट वार्ड अध्यक्षका उम्मेदवार भोजराज खनालले बताए  खनाल बाढिआए देखि नै बालिकाको खोजीमा हिजो राती देखिनै खटिएका थिए ।


 आमाडाँडाको बिसारेखोलामा हिजो शुक्रवार आएको बाढीले बगाउदा प्युठान जिल्ला मल्लरानी गाउपालिका वार्ड न २ खरिन्डाडा बुजेनाका बुद्दी बहादुर घर्तिकी अन्दाजी १० बर्षिय छोरी सिवानी घर्ती बेपत्ता भएकी हुन् । 

बालिकाको सवलाइ पोष्ट माटमको लागि प्युठान जिल्ला अस्पताल बिजुवारमा पठाउने तयारी भएको खनालले बताए ।।


यस्तै भुमिकास्थान नगरपालिका १ ढाकावाङको पर्ता खोलामा आएको बाढीले लेख बहादुर घर्ती ,चन्द्रबहादुर थापा  लक्षमण घर्तिको पदम घर्ती चन्द्रमान श्रेष्ठ र सान्ता घर्तीको घर पुर्ण रुपमा नस्ट भएको छ ।

अन्य समाचारहरु