एमाले ढाल्न दाहाल र नेपाल कांग्रेसरूपी बञ्चरोको बिँड बने : अध्यक्ष ओली

एमाले ढाल्न दाहाल र नेपाल कांग्रेसरूपी बञ्चरोको बिँड बने : अध्यक्ष ओली



tvs

 
 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसरूपी बन्चरोको बिँड बनेको टिप्पणी गर्नुभएको छ ।


शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिँड बनेको आरोप लगाउनुभयो ।

अघिल्लो निर्वाचनमा कांग्रेसलाई कम्युनिष्टले २३ सिटमा पुर्‍याइदिए पनि अदालत गएर सरकार ढालिपाउँ भन्दै दक्षिणपन्थी सरकार बनाइपाउँ भनेर परमादेश मागेको ओलीको तर्क छ ।


माओवादी र एकीकृत समाजवादी केन्द्रका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गर्दै ओलीले माओवादी र माधव नेपालका पछि लागेकालाई कांग्रेसको बिड हुने कि कम्युनिस्ट पार्टीमा फर्किने भन्दै प्रश्न गर्नुभयो ।

अन्य समाचारहरु