मालारानी गाउँपालिकाद्वारा देश-विदेशबाट फर्कन चाहेकालाई संपर्क गर्न अनुरोध (विज्ञप्ती सहित)

मालारानी गाउँपालिकाद्वारा देश-विदेशबाट फर्कन चाहेकालाई संपर्क गर्न अनुरोध (विज्ञप्ती सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले देश विदेशमा रहेका आफ्ना स्थानियबासीहरुलाई फर्कन चाहेमा सहयोग गर्ने भएको छ । 

मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण शर्मा आचार्य र उपप्रमुख प्रमिला छेत्रीले संयुक्त रुपमा विज्ञप्ती जारी गरी  देश विदेशमा रहेका आफ्ना स्थानियबासीहरुलाई फर्कन चाहेमा संपर्क गर्न अनुरोध गरेका हुन् । 

साथै फर्कन चाहेमा देश विदेशमा रहेका आफ्ना स्थानियबासीहरुलाई सबै प्रकारको सहयोग गर्ने समेत उल्लेख गरेका छन् । 

अध्यक्ष आचार्यले देश तथा बिदेशबाट घर फर्कने व्यक्तिले नेपाल सरकारले बनाएको मापदण्डमा रही अनिबार्य रुपमा क्वारेण्टाइनमा  बस्नुपर्ने बताउनुभयो ।

 मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण शर्मा आचार्यले भारतबाट आउने अर्घाखाँचीबासीहरुलाई नियमित सुनौली, कृष्णनगर सिमानाकामा बस पठाएर जिल्ला भित्राएका छन् । 

यस्तो छ विज्ञप्ती : 

अन्य समाचारहरु