मसालले अब फुटपरस्तसँग वार्ता भेटघाट फिर्ता | इमान्दारितापूर्वक पार्टीमा फर्कनसँग वार्ता गर्ने

मसालले अब फुटपरस्तसँग वार्ता भेटघाट फिर्ता | इमान्दारितापूर्वक पार्टीमा फर्कनसँग वार्ता गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टीबाट निष्काशित वा फुटेर गएका व्यक्तिहरुसँग वार्ता गर्ने नीति फिर्ता लिएको छ ।

पार्टीले निष्काशित तथा फुटेर गएकाहरुसँग वार्ताका लागि कार्यदल बनाएर सकारात्मक पहल थालेकोमा उनीहरुले त्यसविरुद्ध प्रचार गर्न थालेपछि आफ्नो सो नीति फिर्ता लिएको मसालले जनाएको छ ।

तैपनि जो पार्टीको नीति वा अनुशासनलाई मानेर इमान्दारितापूर्वक पार्टीमा फर्कन चाहन्छन्, उनीहरूसित बिना पूर्वाग्रह मैत्रीपूर्ण प्रकारले
वार्ता वा भेटघाट गर्नका लागि ढोका सँधै खुला रहने मसालले जनाएको छ ।

नेकपा (मसाल) को हालै सम्पन्न राष्ट्रिय परिषद बैठकले पार्टीको वार्ता, भेटघाटको नीतिलाई उनीहरूले नकारात्मक रूपमा, निषेधात्मक रूपमा लिएर त्यसमाथि प्रहार गर्ने नीति अपनाएर आफ्नो फुटपरस्त गतिविधि बढाउँदै लगेपछि वार्ता नगर्ने निष्कर्ष निकालेको हो ।

गत कात्तिक २८ र २९ गते आठौं महाधिवेशनपछिको दोस्रो परिषद  बैठकका निर्णय महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य जारी गर्दै सार्वजनिक गर्नुभएको छ । 

यस्ता छन्, निर्णयहरुः

 

अन्य समाचारहरु