मालारानीको खनमा काब्राको रुखबाट लडेर एक जना घाइते

मालारानीको खनमा  काब्राको रुखबाट लडेर एक जना घाइते

अर्घाखाँचीडट्कम संवादाता

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा रुखबाट लडेर एक जना घाइते भएका छन् । 

खनका चुडामणी पोखरेलका ३० वर्षिय लेखनाथ पोखरेलको बिहीवार आफ्नै घर नजिकैको खर्यानबारीमा काब्राको रुखमा घास काट्ने क्रममा रुखबाट खस्न घाइते भएका हुन् । 

पोखरेलको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याई सामान्य उपचार पस्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको प्रहरीले अर्घाखाँचीडट्कमलाई बताएको छ ।  

अन्य समाचारहरु