काठमाडौं ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ वाङ्गला आम्बोटका अजय शर्मा अहिले मोडलिङमा व्यस्त छन् ।
भर्खरै मात्र बजारमा आएको लोकदोहोरी गित मनको कस्तुरी एल्बममा दिएको अभिनयले आज भोलीका प्रेमी प्रेमिकाहरुलाई धेरै प्रेरणा दिएको म्युजिक भिडियोले दर्शकहरुका मिठा मिठा प्रतिक्रिया आउदा मोडलिङमा फड्को मार्न लागेका हुन् ।
देशका विभिन्न ठाउँबाट अहिले धमाधम शर्मालाई अभिनयका लागि बारम्बार फोन तथा म्यासेज बजि रहदा उनलाई भ्याई नभ्याई छ ।
आफै भिडियो समेत उत्पादन गर्दै आएका शर्माले समाजमा घटेका जस्ता सुकै घट्नालाई समेटेर अभिनय गर्न सदैव तत्पर रहेको अर्घाखाँची डट्कमलाई बताए ।
म अर्घाखाँची जिल्ला को हुदा गर्व लागेर आउँछ उनले भने केही दिन पछि जिल्लामा आफ्नै अर्को नौलो प्रस्तुति लिएर आउदै छु ।
दर्शकहरुले धेरै माया गर्नु भएको छ यस्तै माया र साथको अपेक्षा गर्दै सदैव ॠणी हुनेछु उनले अभिनय गरेको यस एल्बमले चोखो माया प्रेम गर्ने प्रेमी प्रेमिकाहरुलाई साचो मायालाई बचाई राख्नमा मद्दत पुर्याउने छ ।
यस गितमा गोविन्द पौडेलको शब्द लय स्वर लालुमाया कुवँरले साथ दिएकी छन त्यस्तै शर्मालाई मोडलिङमा दिव्यानी ओलि बिनिता पोख्रेल र सम्पादन नवीन घर्ती मगरले गरेका छन् ।