ढिकुराको बाझापोखरामा महाशिवरात्री पर्वको अवसरमा रुद्रि पुजा सम्पन्न (तस्बिरहरु)

ढिकुराको बाझापोखरामा महाशिवरात्री पर्वको अवसरमा रुद्रि पुजा सम्पन्न (तस्बिरहरु)


पारस भट्टराई

ढिकुरा, अर्घाखाँची १७ फागुन (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको बाझापोखरामा रहेको शिवालय मन्दिरमा आज शिवको रुद्रि पुजाआजा गरी शिवरात्री मनाईएको छ ‌।  


उक्त पुजाआजामा पहिलाको ढिकुरा र अहिलेको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ का करिव सम्पूर्ण घरका लगभग १०० जना ब्यक्तिहरुको उपस्थित रहेको थियो।


प्रत्येक बर्ष शिवरात्रीको अबसरमा शिवको पूजा गरिन्छ। आज अर्घाखाँची एबम् देशभर नै शिवालय मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ। यस पर्बको अबसरमा देशभर सार्बजनिक बिदा दिइएको थियो।


पोहोर परार कोरोना संक्रमणको अबस्थाको कारणले गर्दा सामान्य पुजा आजा गरी मनाए पनि अहिले संक्रमण दर कम भएको हुँदा बिशेष पुजा आजा गरी शिवरात्रि मनाईएको छ।

अन्य समाचारहरु